विराटनगर, बैशाख ३० गते । रातो तारा डट कम,
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण जेठ महिना भित्रै टुङ्गो लाग्ने वताए ।
नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा आज विराटनगरमा आयोजित पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमँत्री राई सो कुरा वताएका हुन् ।
मुख्यमन्त्री राईले अनलाईन र समाजिक संजाललाई व्यवस्थित गर्न नेपाल पत्रकार महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिकको अंकुश नलगाउने कुरामा जोड दिए । उनले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न संचारकर्मीहरुलाई आग्रह गर्दै संचारकर्मीहरुको न्यूनतम पारिश्रमिक दिलाउन आफनो भूमिका सकारात्मक रहने
वताए ।
संघीयताको संस्थागत विकास गर्न, समृद्धि र विकास गर्न समाजका अगुवा संचार जगत क्रियाशील रहनु पर्ने भन्दै मुख्यमन्त्री राईले प्रदेश तहमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए ।
प्रदेश नं।१ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भुमिका निर्वाह गर्ने बताई् । कार्यक्रममा प्रदेश सभाका सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाको रुपमा काम गर्ने संचारकर्मी लोभ र लालचमा पर्न नहुने विचार व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकोले यसमा संचारकर्मीहरुले विशेष ध्यान दिनु पर्ने
वताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संचारकर्मीहरुले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनु पर्ने र यही आधारभूत आधारबाट संचार आचार संहिता कायम रहने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, अग्रज पत्रकार यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिमल्सीनालगातले बोलेका थिए ।
वैशाख २२ गते सम्पन्न नेपाल पत्रकार महासंघका प्रदेश नं।१ को अध्यक्षमा विक्रम लुइटेल, उपाध्यक्ष सोमनाथ सुसेली र महिला उपाध्यक्षमा स्मीता निरौला, महासचिवमा विवेक गौतम, खुल्ला सचिवमा हरिकृष्ण राई र समावेशी सचिवमा बुद्धवीर राई, कोषाध्यक्ष अम्विका भण्डारी लगायत २१ जना पदाधिकारीहरुलाई प्रमाणपत्र तथा पदस्थापन गराईएको
थियो । कार्यक्रम पछि समितिको पहिलो बैठक समेत आजै बसेको छ।

Post a Comment