काठमाडौँ, असार १९ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ ।
माहुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले राजविराज नगरपालिका–६ स्थित निजकै कार्यालय परिसरबाट यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Post a Comment