Websoft University

लागुऔषधसहित तीन जना पक्राउ


झापा, बैशाख २४ गते। रातो तारा डट कम,झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका-५ स्थित  मेची पुल नजिकैबाट भारतबाट नेपालतर्फ आउदै गरेको  मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने  क्रममा मोटरसाईकलको सिट मुनी लुकाएको अवस्थमा लागुऔषध नाईट्रोजन ट्याबलेट ४२-पिस र स्पामोप्रोक्सिङ -२१ पिस बरामद भएको छ।

 बरमाद लागुऔषधसहित  मोटरसाइकल चालक हल्दीबारी गाउँपालिका-१ बस्ने २५ बर्षिय  प्रकाश न्यौपाने र पछाडी सवार विर्तामोड नगरपालिका-१० बस्ने २८ बर्षिय  सनम राईलाई  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यता मेचिनगर नगरपालिका-६ बसपार्कबाट पैदलयात्री जिल्ला मोरङ रतुवामाई नगरपालिका-६ बस्ने ३० बर्षिय  झनक बहादुर धमलाको साथाबाट ४ ग्राम  खैरो हिरोईन बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखी थप अनुसनध्न भइरेहको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.