Websoft University

बेलबारीमा साहित्य महोत्सवको रौनक


युवराज ठकुरी/केराबारी,मोरङ- जेठ १२ गते । रातो तारा डट कम,१०औं गणतन्त्र दिवसको अवसर पारेर बेलबारी साहित्य विकास समाजले बेलबारी कला तथा साहित्य महोत्सव शुरु गरेको छ।
   
महोत्सवमा भैरहवाका वरिष्ठ गजलकार बुँद राना लगायत सिक्किम र अन्य ठाउँबाट चित्रकार ,रङ्गकर्मी र साहित्यकारहरु भेला भएका छन् ।

शुक्रबार सुरु भएको कला तथा साहित्य महोत्सव दुई दिन सम्म चल्ने आयोजकले बताएको छ।
महोत्सव उद्घाटन नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गरेका छन् । नगरपालिकाले कला साहित्य क्षेत्रको विकास गर्न साहित्य कलालाई प्राथमिकतामा राखेको मेयर सुवेदीले
बताए ।

कला तथा साहित्य संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी साहित्य विकास समितिले महोत्सव आयोजना गरेको आयोजकको भनाइ रहेछ।
महोत्सवको पहिलो दिन प्रदेश नं.१भरिबाट भेला भएका चित्रकारहरुले पर्यटकीय ठाउँ बेतना सिमसारमा तीन घन्टा बसेर बेतनाको सौन्दर्य चित्रमा उतारेका थिए।त्यसै गरि बेलबारी नगरपालिका भरि रहेका विद्यालयबाट सहभागी विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता ,बालप्रतिभा प्रस्तुतिको कार्यक्रम पनि भएको आयोजक बेलबारी साहित्य विकास संस्थाकी अध्यक्ष रेखा सुवेदीले बताइन।
 
पहिलो दिन कला तथा साहित्य महोत्सवको रौनक पुर्ण कार्यक्रम गजल साँझ रहेको थियो।गजल साँझमा ४०जना गजलकारहरुले गजल प्रस्तुत गरेर कार्यक्रममा रौनकता थपेका थिए।

गजल साझको अर्को आकर्षण वरिष्ठ गजलकार बुँद रानाले आफ्ना आधा दर्जन गजल बाचन गरेर दर्शक मन्त्रमुग्ध बनाएका थिए ।
 
कार्यक्रमको दोस्रो दिन कविता संग्रह तथा स्थानीय पत्रीकाको विमोचन र बृहत साहित्य गोष्ठी हुने संस्था सचिब धनजित पराजुलीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.