Websoft University

मजदुरले गरे, आन्दोलनको घोषणा

बिराटनगर,बैशाख २४ गते । रातो तारा डट कम,गणपति कटन मिल बिराटनगर बन्द भएको पनि धेरै वर्ष भई सकेकोछ तर मजदुर हरुको राम्रो व्यावस्थापन नगरिदा समस्या बेला बेलामा बाहिर आउने गरेकोछ ।

श्री र्बशीधर युनिट भनिने गणपति कटन मिल २०४६ साल तिर बन्द भए पछि मिलको रेख देख गर्न स्थानिय कृष्ण राज थापालाई राखिएको थियो ।

यो मिल बन्द हुदा करिव २२ बिगाह जमिन नेपाल बैंक र बाणिज्य बैंकमा राखिएको थियो ।
तर मिलले त्यस बेला ९ बिगाह एक कठ्ठा जमिन आफनै स्वामित्वमा राखेकोले त्यही जमिन प्रदिप मुरकाले लिलाम सकार गरि मजदुरहरुलाई ५५ लाख बाँढ्ने भनेको भए पनि तीस लाख भन्दा बढी बढीएको छैन ।

पहिला मिल बन्द हुने बेलामा मजदुरलाई ७५ लाख त्यसै बेला बाँढे सहमतिएको थियो तर सहमति अनुसार काम नहुदा भारतिय मजदुर घर गएका र नेपाली मजदुरहरुले त्यही घर टहरा बनाएर बसेको बताएका छन ।

प्रदिप मुरकाले उक्त मिलको जमिन सकार गरेर त्यहाँ बसेका ६२ घर मजदुरलाई ३५ दिन भित्र घर खालि गर्ने सुचना जारी गरे पछि यो मजदुरहरुको समस्य देखा परेको हो ।

जमिन साबिक वडा नम्वर २० हाल १६ मा पर्ने र सो मिलको जमिनको एक छेउमा ६२ घर धुरी मजदुर साबिक देखि बस्तै आएका छन ।

आज बिराटनगरमा मजदुरका तर्फबाट उतम कुमार लामाले हस्ताक्षर गरि प्रेस सम्मेलन गरेर बिज्ञाप्ति बितरण गरिएको थियो । उनिहरुले आजैबाट आन्दोलन र भण्डाफोरको घोषणा गर्दै,
हाम्रो बास उठाउन पाइदैन् हामी लाई सोहि ठाउमा बसोबासको लागि जमिन चाहिन्छ भनेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.