गाइघाट-उदयपुर, जेष्ठ ८ गते। रातो तारा डट कम,
उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेबाट लागुऔषध टिडिजेसिक र गाँजासहित आइतबार चार जना पक्राउ परेका छन।
ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले अपरान्ह ३ बजे जलजलेबाट उदयपुर सदरमुकामतर्फ जादै गरेका चार जनाको साथबाट लागुऔषध लुपिजेसिक १० एम्पुल, डाइजोल्याब १० एम्पुल, फेनारगन १० एम्पुल र २५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ बस्ने बर्ष २० को दिपेश कटुवाल, बर्ष २० को सरोज कुमार मगर, बर्ष २१ को राजनारायण मगर र त्रियुगा नगरपालिका ५ बस्ने बर्ष १९ को अजय मोची रहेका छन।
उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
Post a Comment