Websoft University

विराटनगर विमानस्थललाई स्तरोन्नती गर्न सबै लागि पर्दै


बिजय घिमिरे-विराटनगर, जेठ २९ गते । रातो तारा डट कम,
संघिय संरचनामा प्रदेश १ को राजधानी विराटनगर भएपछि भौतिक पुर्वाधार ब्यवस्थापनको विषय जोडतोडले उठेको छ । यसका साथसाथै विमानस्थ स्तरोन्नतीको विषयले पनि यतिवेला चर्चा पाउन थालेको छ । विराटनगर विमानस्थललाई स्तरोन्नगरी अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न प्रदेशका मुख्य मन्त्री, मन्त्री सासद तथा महानगरपालिकाका प्रमुख भीम पराजुली समेेत समेत लागि परेका छन् ।

त्रिभुवन विनमास्थलले मात्रै अन्तर्राष्ट्रिय उडान धान्न नसक्ने भएकाले त्यसको विकल्पका रुपमा विराटनगर विमानस्थलाई उपयोग गर्न उनीहरुले नागरीक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समस्याको समाधानका लागि आसपासका विमानस्थललाई विकल्पको रुपमा प्रयोग गर्नु पर्ने र त्यसका लागि विराटनगर विमानस्थल उपयुक्त हुने उनीहरुको प्रस्ताव छ ।

केहि दिनअघि विराटनगर आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई पनि यस विषयमा पहल गर्न आग्रह गरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले वताए । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सांसद भानुभक्त ढकाल, उद्योग संगठन मोरङका मुकेश उपाध्यायलगायतले विमानस्थल स्तरोन्नतीका लागि मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुका अनुसार विराटनगर विमानस्थलले दुई वर्षअघि नै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिसकेको छ । हाल भइरहेको १ हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाइको विमानस्थललाई २ हजार ४ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको क्षेत्रफलमा विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको
छ । मन्त्री अधिकारीले पनि विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी विस्तार गर्न सरकार लागि परेको बताए । उनले अन्तर्राष्ट्रियस्तरको बनाउन जग्गा अधिग्रहण गरी असार १ गतेवाट मुआब्जा वितरण गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको वताए।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पनि ७८ हेक्टर क्षेत्रफल रहेको विराटनगर विमानस्थललाई १ सय ५० हेक्टरमा विस्तार गर्ने योजना रहेको बताए । विमानस्थल पूर्व ठूलाठूला घर र पश्चिमतर्फ सानो बस्ती रहेकाले त्यसको व्यवस्थापनका लागि पनि प्राधिकरणले आवश्यक प्रकृया अघि वढाईसकेको उनको भनाई छ ।
विमानस्थल आसपासको साढे ४ बिगाह जमिनको मुआब्जा वितरणका लागि सरकारले ६९ करोड रकम छुट्याइएको पनि उनले जानकारी दिएका छन् ।

केहि वर्षअघिसम्म विराटनगर विमानस्थलबाट सोलु, खोटाङ, ताप्जेलुङ, ओखलढुंगा, भोजपुर, संखुवासभाका ८ विमानस्थलमा सिधा उडान हुँदै आएको थियो । तर, हाल तुम्लिङटार विमानस्थलमा मात्रै उडान हुँदै आएको छ । प्राधिकरणका आनुसार हाल प्रदेश नम्बर १ मा १३ वटा विमानस्थल सञ्चालनमा छन् भने २ वटा निर्माणाधीन अवस्थामा छन् ।

यो बिमानस्थल स्तर उन्ति हुने बितिकै यहाबाट अन्तर देशिय र अन्तर प्रदेशिय उडान भर्न सजिलो हुनेछ ।

यहाबाट बंगलादेश भारतको बनारस पटना सम्म आवतजावतमा सजिलो हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.