Websoft University

दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौँ, जेठ २४ गते । रातो तारा डट कम,
बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले
घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७।०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४७ बिन्दुले घटेको छ ।

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकका अनुसार बैंकिङ २०।७५, होटल ३९।३९, विकास बैंक २४।४५, जलविद्युत् ३५।५९, वित्त क्षेत्र ५।६६, बीमा १७४।७६, उत्पादन १६।८, अन्य १४।७८ र माइक्रोफाइनान्स ३५।५४ बिन्दुले घटेको छ ।

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार एक कित्ता पनि शेयर कारोवार हुन सकेन । बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न एक बजेदेखि बजार खुलेको थियो । बजार खुलेलगत्तै करीब १८ अंकले बढेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.