Websoft University

न्यूयोर्कका युवा लेखक राजन थपलियाको पुस्तक “१००५ “लाईफ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन


बिराटनगर, जेठ २८ गते । रातो तारा डट कम,विजय थापा ,विश्व कै सम्राट राज्य अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक “१००५ “ लाईफ अर्थात् सत प्रतिसत जीवन विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन भएको छ । उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् ।

गत मे १८ शुक्रबार बिहान ८ बजे ख्याति प्राप्त अन्तराष्ट्रीय हिमाल मार्गदर्शी आङ दावा शेर्पा ले ६ पटक बिश्वको सर्बोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके साथै थपलिया को चर्चित कृती सत प्रतिसत जीवनलाई सगरमाथामा बिमोचन गरियो । १०० ५ लाईफ पुस्तक सगरमाथामा बिमोचन गरिएको नेपाली आप्रबासीको यो पहिलो पुस्तक हो ।

१०० ५ लाईफ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकासित कृती हो। उक्त कृतीमा मान्छे को जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ। उक्त पुस्तकमा जीवनलाई कसरी रुपान्तरण गर्ने ,आफुलाई कसरी मानसिक रुपमा बलियो बनाउने भन्ने कुरालाई पुस्तकमा बिशेष जोड दिइएको छ । सत प्रतिशत जिजीवन किताब को शिर्षक ले भने जस्तै मानिसलाई जीवन सत प्रतिशत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरा मा नै यो पुस्तक किताब केन्द्रित रहेको छ।

उक्त किताब २ सय ५६ पन्ना को रहेको छ । पुस्तकको बिषयमा लेखक राजन थपलिया भन्नु हुन्छ, यो साहसीहरु ले पढ्ने पुस्तक हो। परिवर्तनमा बिश्वास गर्ने हरुले पढ्ने किताब हो। हिजो जे भयो भयो अब आजबाट बदलिन चाहनेहरु लेपढ्ने किताब हो । सपना भने को ठुलो देख्नु पर्छ ,यदी जीवनमा ठुलो काम गर्नु छ भने। सबै सपनाहरु पुरा हुँदैनन्, यदी ईक्षा शक्ती कम्जोर छ भने।

ठूला ठूला पहाडहरुलाई पनि छिचोलेर खोला बगी नै रहन्छ ,त्यो पानीको शक्ती ले होइन त्यो अबिरल बगी रहने पानी पानी को निरन्तरताले हो। त्यही निरन्तरता  को एक सार हो १००५ लाईफ पुस्तक ।

उक्त किताब को दोस्रो संस्करण मे ९ तारिख देखि बजार मा उपलब्ध छ। उक्त पुस्तक अमेजन्, इबे तथा बार्न्स एन्ड नोबेल मा उपलब्ध रहेको छ । लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टारपैताला चिकित्साका विद्यार्थी हुन्। पूर्ण कालिन  लेखनमा ब्यस्त थपलिया आफूलाई लेखक भन्दा पनि राम्रो पाठक भन्न रुचाउँछन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् । राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, चेन्ज योर्स फ्युचर्स ,इन आवर कन्ट्री ,द ओल्ड म्यान एण्ड डग ,द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी,  रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस ,हन्ड्रेड पर्सेन्ट लाईफ र फिफ्टी पÞmाइव ईयर्स हुन् ।

झण्डै १५ बर्ष  किशोरावस्था देखि नै लेखन कार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प( आत्मा) मोटिभेशन (उत्प्रेरणा ) र नोभल (उपन्यास )मा केन्द्रीत रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.