बिराटनगर, जेठ ३१ गते । रातो तारा डट कम,मोरङको उर्लावारी वडा नम्वर १ मेचेडागिमा प्लान नेपाल र फरवाड नेपालको साइोदारीमा फरवाडले समुदायमा आधारित बिपत व्यवस्थापन सम्वन्धि बिभिन्न कार्याक्रम संन्चालन र सामाग्रीहरुको सहयोग र स्कुलका वालवालिका तथा समुदायमा बिपतमा परेका बेला कसरी सुरक्षित हुने वारेको तालिमहरु सन्चालन गर्दै आएको छ ।
फरवाडले मेचेडागीमा करिव ४ लाख ५० हजार बराबरको एक कल्भड निमार्ण गरिरहेकोछ भने समिति नै वनाएर बिपत व्यवस्थापनका सामाग्री समेत बितरण गरेकोछ ।
फरवाड परियोजना अधिकृत जय प्रकाश चौधरी,फिल्ड अफिसर मनमाय तामाङ्घले दिनु भएको जानकारी अनुसार आउने बिपतमा आफु कसरी सुरक्षित हुने अरुलाई कसरी सुरक्षित बनाउने भन्ने बारेको कार्याक्रम २०१८ को जुलाईमा सुरु गरिएको भन्दै अहिले करिव एक वर्ष सम्ममा बिपत व्यवस्थापनका बारेमा धेरै कामहरु भएको जानकारी गराउनु भएकोछ ।
उथान सिल बालबालिका कार्याक्रम अन्तरगत आफु सुरक्षित रहन बिपत सुरक्षित २३ प्रकारका समाग्री हरु स्कुल र समुदायलाई बितरण गरिसको जानकारी दिनु हुदै,२५ प्रतिसत समुदायमा आधारित कार्याक्रम अनुसार समुदायलाई ६० हजार, बिधालयलाई ८० हजारका दरले उर्लावारीमा २ पथरीमा ४, जातेमा २, कटहरीमा २, छन भने उर्लावारी नगरपालिका र पथरी नगरपालिका लाई पनि बिपत व्यवस्थापनका सामाग्री उपलत्तब्द गराईएको जानकारी गराउनु भयो ।
बिपत व्यवस्थापन र खोज तलास कसरी गर्ने,आफु कसरी बिपतमा सुरक्षित हुने बारेमा राम्रो आफुहरुले फरवाडको तालिमबाट जानकारी पाएको कुरा समिति सदस्य बिष्णुरेखा कठाएत गौतमले पनि बताउनु भएको थियो ।
उर्लावारी १ मेचेडागीका अध्यक्ष देवनारायण गौतमको अध्यक्षतामा कार्याक्रम भएको थियो ।
Post a Comment