श्याम राई÷उदयपुर,गाईघाट असार ४ गते । रातो तारा डट कम,गाईघाट–दिक्तेल सडकले ओगटेको जग्गा किनेको अभियोगमा प्रहरीले ललितपुर खोकना–३ का डंगोललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउगरि आईतबार हिजो जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ ।
उक्त सडक खण्डको उदयपुरको त्रियुगा नगरपालिका वडा न. ३ मोतिगडास्थीत मोतिगडा क्याम्पस गेट नजिकको कालोपत्रे भएको सडक जग्गा किनेको अभियोगमा ढंगोल पक्राउ परेको एस.पी नवराज भट्टले बताए ।
सडकले चर्चेको झण्डै ८ कट्ठा जग्गा विक्री गर्ने शिव प्रसाद दाहाल र छोरा बुद्धि प्रसाद दाहाललाई प्रहरीले एक साता अघि नै पक्राउ गरेको छ । १ करोड २७ लाख २० हजार रुपैयामा विक्री गरेको जग्गाको रजिष्ट्रेशन वापत मालपोत कार्यालयले ५ लाख ८ हजार ८ सय र लाभान्स कर २ लाख ९२ हजार ९५८ रुपैया राजस्व लिएको छ ।
साविक गाईघाट १(ख) को कित्ता न.७०१ को ७ कट्ठा १९ धुर मध्ये राजमार्ग निर्माणको क्रममा ७ कट्ठा १८ धुर जग्गा सडकमा परेको थियो । दाहालले सडकले अतिक्रमण गरिसकेको जग्गाको पुर्जा देखाएर डंगोललाई विक्री गरेको प्रहरीले जनाएको छ । प्रहरीले जग्गा विक्री गर्ने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान भैरहेको जनाएको छ ।
मालपोत र नापीको कर्मचारीको समेत संलग्नता हुन सक्ने भएकोले प्रहरीले विस्तृत छानविन गरिरहेको छ । एस.पी. भट्टले भने । तत्कालिन निर्माण तथा यातायात मंत्रालयको २०४६ माघ २३ गतेको सार्वजनिक सूचना मार्फत सडकले जग्गा प्राप्तिको प्रकृया थालेको थियो ।
वि.स. २०६० सालमा कदमाहा–गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दाया वाया २५÷२५ मिटर जग्गाको लगत कट्टा भएको थियो । उक्त सडकमा पर्ने सबैको लगत कट्टा भए पनि दाहालको जग्गा अहिले सम्म लगत कट्टा भएको छैन ।
Post a Comment