कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती दुवै मकैको बीउको मूल्य प्रतिकिलो रु ७५ तोकेको छ । यसरी सिफारिस गरिएको बीउ तुलसीपुर क्षेत्रमा ८ सय किलो, घोराहीमा चार हजार १०० किलो र शान्तिनगरमा एक हजार ४०० किलो सम्बन्धित क्षेत्रमा रहेका एग्रोभेटमा राखिएको छ । किसानले ती एग्रोभेटबाटै बीउ खरिद गरीरहेका छन् ।
गत वर्ष कार्यालयले अनुदानमा १६ टन मकैको बीउ वितरण गरेको थियो भने यस पटक ६ टन मात्र बीउ वितरण गरेको अधिकृत खानलले जानकारी दिनुभयो । यस वर्ष प्रत्येक गाउँपालिका र नगरपालिकाले बीउ वितरण गर्ने छन् । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ ।
Post a Comment