Websoft University

धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब गृहले कारबाही थाल्ने


                             
काठमाडौँ, जेठ २५ गते । रातो तारा डट कम,
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओको अनुगमन र नियमन गरी अब कडाइ गरिने भएको छ । गृहमन्त्री र महिला मन्त्रीबीच भेट गरी भ्रष्टाचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता काममा देखिएका एनजिओ र आइएनजिओलाई कडाइ गर्ने निर्णय भएको हो ।

गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा दुवै मन्त्रालयका पदधिकारीबीच गृहमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमन गर्ने निर्णय भएको छ ।

नेपालमा अहिले ४७ हजार एनजिओ र २ सय भन्दा बढी आइएनजिओ दर्तामा छन् । तीमध्ये धेरै एनजिओहरुले वर्षौँदेखि नवीकरण समेत गरेका छैनन् । यस्तै भ्रष्टाचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता काममा देखिएका एनजिओ र आइएनजिओको समेत दर्ता नवीकरण नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

एनजिओ आइएनजिओ अनुगमनमा कमजोरी देखिएकाले जिल्ला प्रशासन कार्यालयले पनि नियमन गरी रिपोर्ट पठाउने निर्णय बैठकले गरेको हो । बैठकले एनजिओ र आइएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्नेसमेत बैठकको निर्णय
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.