गाईघाट, जेष्ठ ३० गते । रातो तारा डट कम,
लागू औषध सहित प्रहरीले बुधबार गाईघाट बजारबाट एक युवालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका वडा न. ११ टेम्पो चौकमा बस्ने २२ वर्षिय विष्णु तामाङ्गलाई डाईजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल सहित दिउसो पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले बताए ।
प्रहरीले गाईघाट र सुन्दरपुर क्षेत्रबाट यो हप्ता लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
श्याम राई-उदयपुर
Post a Comment