Websoft University

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ घोषणा गर्यो


काठमाडौ जेठ  २८ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ अन्तर्गत यस वर्ष पुरस्कृत गरिने पत्रकारको नामावली महासचिव रमेश विष्ट प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

पुरस्कार छनौटका लागि गठित छनौट समितिको २०७५ जेठ २८ गते बसेको बैठकले पुरस्कारका लागि २०७५ वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका ३०आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम
प्रस्तोताकमध्येबाट ८ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ सुशील दर्नाल(रासस–उपत्यका) र निमेन्द्र शाही ९राजधानी दैनिक–मोफसल, बाजुरा० प्रदान
गरिने भएको छ । त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल,रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण
पत्रकार समुह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनौट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तु छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरेको हो ।
जनही रु पच्चीस हजार राशीको यो पुरस्कार प्राप्त गर्ने पत्रकारलाई २०७५ जेठ ३१ आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।


   
    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.