श्याम राई-उदयपुर-गाईघाट,असार ५ गते। रातो तारा डट कम,सरकारले यातायात क्षेत्रको सेण्डिकेट हटाएसँगै हिमाली यातायात व्यावसायी संघ उदयपुरले आफना १ सय भन्दा बढी कर्मचारीलाई साउन १ गतेदेखि हटाउने भएको छ ।
सरकारले संघको नाममा रहेको सबै चल, अचल सम्पत्ति र बैंकमा मौज्जाद रकम र सबै कारोबारमा रोक लगाएपछि संघले आर्थिक संकटको कारण देखाउँदै सबै कर्मचारीलाई हटाउन लागेको हो । हिमाली यातायातको आफनै घर जग्गा तथा विभिन्न बैंक तथा वित्तिय संस्थामा लाखौ रकम जम्मा
छ । तर सरकारले सेण्डिकेट हटाए सँगै संघको नाममा रहेको सबै सम्पत्ति रोक्का गरेको छ ।‘
बैंकमा जम्मा भएको नगद रकम झिक्न पाएका छैनौ ।’ हिमाली यातायात संघका अध्यक्ष प्रेम राईले भने ।
संघलाई आर्थिक संकट परेकोले सबै कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरि अनिवार्य अवकास दिन लागेका छौ ।’ राईले भने । संघले मजदुर, कर्मचारीलाई विभिन्न तहमा विभाजन गरेर विगत १५ वर्षदेखि मासिक पारीश्रामिक दिदै आएको थियो । संघमा आवद्ध सहयोगि कर्मचारीदेखि निरीक्षकसम्मले पारीश्रामिक पाउँदै आएकाछन् ।
कम्तिमा १५ हजारदेखि ३० हजारसम्म एक कर्मचारीले तलब पाउदै आएकाछन् । कर्मचारीलाई दशैं पेश्कि तथा बोनसको समेत व्यवस्था गरिदै आएको संघका कोषाध्यक्ष विष्णु श्रेष्ठले बताए । हिमाली संघ स्थापना अघि सम्म सबै कर्मचारीले टिकट काटे वापत १० प्रतिशत कमिशन लिने गरेका थिए ।
तर संघमा आवद्ध भएपछि सबै कर्मचारीलाई तलब भत्ताको सुविधा दिदै आएको संघका वरिष्ठ उपाध्यक्ष उमेश बस्नेतले बताए । हामीले कर्मचारीको भविष्यलाई हेरेर मापढण्ड बनाएर तलबको सुविधा दिएका थियौ । तर अब बाध्य भएर उक्त सुविधा खोस्न लागेका छौ ।’ उनले भने ।
गाईघाट, कटारी, बेलटार, रामपुर यातायात संचालन भैरहेको जिल्लाको धेरै ग्रामीण भेगका संघमा आवद्ध १ सय भन्दा बढी कर्मचारी साउनदेखि बेरोजगार हुने बस्नेतले बताए ।
उनले सेण्डिकेट तोडिएपछि संघलाई निकै ठूलो आर्थिक संकट परेको बताए ।
संघले हटाउन लागेको सबै कर्मचारीलाई केही नगद सुविधा दिने मनस्थीति बनाएको भएपनि बैंक खाता रोक्का भएकोले उनीहरुलाई त्यस्तो सुविधा दिन समस्या परेको अध्यक्ष राईले बताए ।
‘हामीले कम्तिमा २ लाखदेखि ५ लाख सम्म कर्मचारीलाई दिने तयारी गरेका छौ । तर बैंक खाता रोक्का भएकोले उनीहरुलाई तत्काल दिन नसकिने उनले बताए ।

Post a Comment