सुनसरी जेठ २९ गते । रातो तारा डट कम, इटहरी स्थीत पहिलो पटक कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुने भएको छ । इटहरीको आईतवारे चोक स्थीत रहेको दुर्गा पार्टि प्यालेसमा असार २ गते शनिवार उक्त कन्सर्ट हुने आयोजकले जनाएको छ ।
इटहरी सुनसरी लियो क्लब र इटहरी जेसिजको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमा युवा पिढि निक्कै उत्साहित देखिन्छन् । युवा माझ निक्कै लोकप्रिय मानीएका कवि पराजुलीको इटहरीमा पहिलो कार्यक्रम रहेको आयोजक समितिका संयोजक लियो, जेसि युवराज काफ्लेले बताए ।
विषेश गरि समाजका यथार्थहरु आफ्ना सिर्जनाहरुमा हुबहु उतार्न सकिने कवि नबराज पराजुलीको काविताका माध्यमबाट एउटै मात्र मानिसमा भएपनि चेतना आई सकरात्मक सामाजिक रुपान्तरणमा सहयोग पुग्यो र सम्बन्धित सरोकारबालाको निर्णय गर्न सक्ने क्षमतामा परिवर्तन आई जिम्मेबार महसुस मात्र भयो भने पनि कार्यक्रम सफल भएको आयोजकले ठान्ने इटहरी जेसीसका अध्यक्ष जेसी सोमनाथ गौतमले जानकारी दिए ।
फरक किसिमबाट हुन लागेको यो कन्सर्टले नेपाली कला साहित्य, भाषा र कविताको श्री बृद्धि भई एउटा श्रष्टा कविता लेखेर बाचन गरेर बाच्न सक्ने अबस्थाको सिर्जना होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको इटहरी सुनसरी लियो क्लवका अध्यक्ष लियो नवराज खड्काले बताए ।
खडकाको अनुसार नेपाली समाजले अरु सांगितिक तथा खेलकुद क्षेत्रलाई जसरी माया र महत्व दिएको छ त्यसरी नै नेपाली साहित्यलाई पनि माया गरेर अगाडि बढाउन सहयोग गरीदिनुहुन्छ भन्ने आशा गरेको बताए ।
Post a Comment