काठमाडौ जेठ २८ गते । रातो तारा डट कम,यातायात व्यवास्था कार्यलय पोखराले सवारी चालक अनुमतीपत्र दिने क्रममा चरम दुख दिने गरेकोछ। सेवाग्राही हैरानमा छन् । सिस्टम चल्दैन, कर्मचारीी कम छन् भन्ने जस्ता कुराले सेवाग्राही हैरान भइरहेका छन।
कार्यलय परिसरका व्यवसायीहरुले रु १० को टिकटलाई १५ देखी ५० सम्म
लिने गरेका छन।
केही दिन अघि मात्र प्रदेश सरकारले समृद्ध प्रदेशको अवधारणामा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो तर त्यो नीति तथा कार्यक्रम मात्र होईन देशकै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आउनुभएको भष्ट्रचार मुक्त
सुशासनको यहाँ खिल्ली उडाइएकोछ।
यातायात कार्यालय लाईसेन्स बिभागमा हाल दैनिक हुने ट्राफिक चेकिङले लाईसेन्स नहुनेहरुका लागि निद्रा हराम बनाएकोछ ।
लाईसेन्सको लागि यो कार्यालयमा दिनहुँ एक हजार भन्दा बढी मानिसहरु आउँछन् तर बिडम्बना काम भने दुईसय जना जत्तिको पनि हुँदैन सुधार हुनुपर्छ भन्छन सेवाग्राही जनता ।
Post a Comment