(फाएलफोटो)
मोहन कुमार राइ–संखुवासभा, जेठ ३१ गते । रातो तारा डट कम, हजार दिनका आमाह?लाई स्वास्थ्य जीवनशैली एवं सरसफाई सम्बन्धी चेतनामुलक कार्यक्रममा चैनपुर नगरपालिका स्थित वडा नं. ३ मा रहेको आयुवेद औषधालय शाखाले स्तनपाई आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक जडीबुटी औषधी वितरण गरेको छ ।
आयुर्वेद औषधालयले आयोजना गरेकको स्वास्थ्य जीवनशैली तथा आयुर्वेद सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सामाजिक संघ संस्था एवं सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, लगायतको उल्लेखिय उपस्थित रहेको थियो ।
चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व गाविस अध्यक्ष ज्ञान बहादुर कार्की, शारदा माविका प्रधानाध्यापक अमृतबहादुर कार्की लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
मन्तव्यको क्रममा आयुवेदिक औषधीको प्रयोजनले साइड इफेक्ट नहुने भएकाले एलोपेथिक
औषधीको प्रयोग घटाउदै लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा आयुर्वेद औषधिको महत्व सँगै स्वास्थ्य जीवनशैली, वातवरणिय सरसफाई, सुरक्षित पानीको प्रयोग, स्तनपानको महत्व र स्तनपानको तरिका लगायतको विषयमा लक्षीत वर्गलाई सचेतना गराइएको थियो ।
चैनपुर नगरपालिका आयुर्वेद औषधालयका प्रमुख जयराम झा, सिद्धकाली स्वास्थ्य चौकी पोखरीका अनमी सुनिता गुरुङ्ग, सुआहरा संखुवासभाका फिल्ड सुपरभाइजर मनकुमारी तामाङले कार्यक्रको सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य जीवनशैलीमा रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन जरुरी हो । आयुर्वेद औषधीको साथमा थप परहेजको पालान गर्नुपर्ने यसो गरे रोग लाग्नबाट बचाउछ, लागेको रोग बढ्न दिँदैन निको हुनमा मदत गर्ने औषधालयका रुपनारायण झाले बताउनुभयो ।

Post a Comment