शिव भट्टराई -मोरङ असार १० गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिकालाई देशकै नमुना नगरका रुपमा बिकास गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन । राजनीतिक पार्टीभन्दा माथि उठेर विकास निर्माणका काममा अगाडि बढ्न सबैलाई ढकालले आग्रह गरेका छन ।
कृषिलाई व्यवसायीकरण गर्दै पर्यटन र नगर विकास गर्दै समृद्धितर्फ अगाडी बढनुपर्नेमा उनको जोड थियो । सुन्दरहरैचा बिकासको बगैँचा भन्ने नारालाई अंगिकार गरी अघि बढेको नगरपालिकाले आईतबार तेस्रो नगरसभा गरी आर्थिक वर्ष २०७५÷०७६ को लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँ बजेट,निति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा ढकालले नगरलाई नमुना नगरका रुपमा बिकास गर्ने समेत बताएका छन ।
नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरकि आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार, राजस्व वाडफाँडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट बिनायोजन गरेको छ ।
पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लािग ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापन ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरेको छ ।
प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवको योजनाहरुमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभामा नगरपालिका उपप्रमुख धनमाया तामाङले बजेट प्रस्तुत गरेकी हुन ।
Post a Comment