काठमाडौ जेठ २९ गते । रातो तारा डट कम,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ‘बृहत्’ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।
सीएनएनले उल्लेख गरेको सम्झौता-पत्रको पूर्ण पाठ,
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरिया (डीपीआरके)का सर्वोच्च नेता किम जोङ उनबीच २०१८, जुन १२ सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता सम्पन्न भयो।
राष्ट्रपति ट्रम्प र नेता किमबीच अमेरिका र डीपीआरके (उत्तर कोरिया) बीच नयाँ र दिगो सम्बन्धका स्थापित गर्नुका साथै कोरियन प्रायद्वीपमा शान्ति स्थापनाका लागि बृहत् छलफल भयो। राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा प्रादन गर्नका आफू कटिवद्ध भएको बताए भने नेता किमले पनि आणविक निस्शस्त्रीकरणमा आफू पूर्णरुपमा प्रतिबद्ध रहेको बताए।
अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभई विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक निस्शस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच उल्लेखित बुँदाहरुमा सहमति भयो स्
१. अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।
२. अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने।
३. २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक निस्शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने।
४. अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमशस् रिहा गर्ने। पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने।
अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने छन्।
यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो।
डोनाल्ड जे ट्रम्प
अमेरिकी राष्ट्रपति
किम जोङ उन
प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता
जुन १२, २०१८
सेन्तोसा टापू
सिंगापुर- अनलाइन बाट
Post a Comment