काठमाण्डौं,जेठ ३० गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले मिडिया सपोर्टको सहकार्यमा नेपाल लगाएत बिश्वका ७ सात देशमा गरिएको पत्रकार सुरक्षा र प्रेस स्वतन्त्रता सम्धी अध्यानका आधारमा तयार पारिएको पुस्तक डिफेन्डिङ जर्नालिजम को आज सार्वजानिक गरिएकोछ ।
कार्याक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय अनुप राज शर्माले पुस्तक सार्वजानिक गर्दै
कार्याक्रमलाई सम्वोधन गर्दाा वहाले भन्नुु भयो, पत्रकारहरुलाई थाहा हुनै पर्छ राज्याबाट खतरा नभए पनि संखा गर्ने ठाउँहरु नभएका भने छैनन् ।
अहिले पत्रकारहरुले पनि मानव अािधकार आयोग संघ सहकार्य गर्न जरुरी भएको औल्याउदै आयोगको म्याद सकिन लागेको र आयोगमा उजुरीको चाङ लागेको बताउनु हुदै हाल करिव ६० हजार भन्दा बढी मुद्घा छिनै बाँकी रहेको जानकारी गराउनु भयो ।
कार्याक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासघका सभापति गोबिन्द आचार्यले कार्याक्रमलाई सम्वोधन गर्दै भने अहिले पत्रकारहरुको रक्षा र सुरक्षा आवश्यक भएकोले सबै सन्चारकर्मीहरुले चनाखो रहनु पर्छ भन्नु भयो ।
नेपाल पत्रकार महासघमा अहिले कुनै प्रकारको राजनीति नभएको र त्यस्तो भए औल्याइ दिन समेत आग्रह गर्दै, पत्रकार महासघ पत्रकारहरुको हक हितमै काम गर्ने संस्था भएको बताउनु भएकोछ।
कार्याक्रममा महासंघका पुर्व अध्यक्ष शिव गाउले र प्रतिक प्रधानले बोल्नु भएको थियो ।
Post a Comment