(फाइल फोटो)
काठमाडौँ, जेठ २६ गते । रातो तारा डट कम, विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई पराजित गर्दै प्रधानमन्त्री कप एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्र्रदेश नं ५ लाई १५४ रनको भारी अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । आर्मीका लागि सागर पुनले ११८ रनको शतकीय पारी खेले । १४२ बल खेलेका पुनले ४ छक्का र १० चौका प्रहार गरे । त्यस्तै भीम सार्कीले ७७ बनाए भने कप्तान विनोद भण्डारीले ३७, अनिल मण्डलले १९ तथा राजु रिजालले ५ रन जोडे ।
बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, विक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए । यता २९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नं ५, ३५ दशमलव ५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।
आर्मीका बलरहरुको कसिलो बलिङसामु प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् प्रदेश ५ का लागि नवौँ नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्वा्धिक हो । कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए ।
बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिँदा सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ द म्याच घोषित भए ।

Post a Comment