काठमाडौ जेठ २६ गते । रातो तारा डट कम,
नेपालगञ्जबाट जुम्लातर्फ उडेको तारा एयरको
जहाज शनिबार दिउँसो धावनमार्गमा दुर्घटनामा परेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको विमानस्थल प्रमुख कैलाश खड्काले बताए ।
जहाजमा १६ यात्रु र चालक दलका दुई सदस्य थिए। उनीहरु सबै सकुशल रहेको खड्काले बताए । विमानको अगा८ीको भाग ठोकिएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।
Post a Comment