Websoft University

बिराटनगर बिमानस्थल अन्तराष्ट्रिय स्तरको हुने: मुख्य मन्त्री राई


बिराटनगर,जेठ २८ गते । रातो तारा डट कम, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको वायुसेवा कम्नीहरुको सेवा प्रवाह एंव बिमान स्थल संन्चालनका भावी योजनाका बिषयक अन्तंक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उदघाटन सत्रको कार्यक्रमलाई संम्वोधन गर्दै,प्रदेश बिकासका पुर्वधारहरु मध्ये पहिलो खुड्किलो हवाई यातायात पनि भएकाले बिराटनगर बिमान स्थलको स्तरउन्तिको काम छिटो गरिने कुरामा जोड दिनु भयो ।

बिराटनगर बिमान स्थल कार्यलयका प्रमुखको कुरा सुनिसकेपछि मुख्य मन्त्रीले सोहि कुराहरुलाई जोड दिदै,अहिले भएको २४ हजार मिटर हवाई रन्वेलाई बढाएर ३० मिटरमा स्तरउन्ति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने तिर योजना बनाउन बिमान स्थल कर्मचारीहरुलाई भन्नु भयो ।

प्रदेश स्तरीय अन्तराष्ट्रिय बिमान स्थल बनाउन अहिले भएको १ सय १५ बिग्गाह जमिनको पस्चिम तिर करिव ६० बिगाह जमिन अधिकरण गरेपछिमात्र अन्तराष्ट्रिय स्तरको बिमानस्थल बन्न सक्ने भएकाले यो बिमानस्थल प्रदेश सरकारको पहिलो प्राथमिक्तामा परेकाले आवश्यक गुरु योजना बनाएर छिटो काम सुरु गर्न समेत मुख्य मन्त्री ज्यु ले कर्मचारीहरुलाई निर्देश दिनु भएकोछ ।

बिराटनगर बिमानस्थलबाटै डोमेस्टिक र अन्तराष्ट्रिय हवाई उडान भर्न सकिने भन्दै बिमान स्थल प्रवेश क्षेत्रमा सगरमाथ देखि सन्सारकै होचो इाापाको केचना धार्मिक स्थलहरु इाल्कने खालका फोटोहरु राख्न पनि निर्देश दिनु भएको छ । 

प्रदेश सरकारको मन्त्री परिषदबाटै निणर्य गरेर बिमानस्थल स्तरउन्तिको काम थालिने पनि जानकारी गराउनु भयो ।

उधोग पर्याटन वातावरण वन प्रदेश मन्त्री जगदिश कुसियतले आफना कुरा राख्दै प्रदेश सरकारले १ सय धार्मिक स्थलहरुको प्रदेश सरकारले घोषणा गरिसकेको र यहाँबाट छिटै दश देखि १५ स्थानमा डोमेष्टिक,अन्तराष्ट्रिय उडान भर्न सकिने छ भने यहि प्रदेशमा सात ठुला हिमाल, हजारौ तिर्थस्थ पर्यटकिय क्षेत्र रहेकाले पनि बिराटनगर बिमानस्थल अन्तराष्ट्रि«य स्तरको हुनु पर्नेमा जोड दिनु भयो ।

सस्कृतिक पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह सचिव सुरेश आचार्यले बिराटनगर बिमान स्थललाई छिटो सुधार गरेर अन्तराष्टिय उडान भर्न सक्ने खालको बनाउन जरुरी भएको भन्दै सरकारी र निजि गरि ५ बिमान कम्पनीहरुले बिराटनगरबाट दैनिक ८०० मानिसहरु बिभिन्न ठाउमा उडाउने र बिराटनगर ल्याउने काम गरिरहेकाले पनि यसको स्तर उन्तिको काम छिटो गर्न जरुरी भएको औल्याउनु भएकोछ ।

बिराटनगरका मेयर भीम पराजुलीले बिराटनगर बिमान स्थललाई स्तरउन्ति गरेर अन्तराष्ट्रि«य स्तरको बनाउन पहल छिटो हुनु पर्नेमा जोड दिनु हुदै, केसलिय खोलो सिघीया खोलो तटबन्धनका लागि ४ अर्व बजेट निकासा हुदैछ, बिमान स्थल छेउको केसलिया खोला लाई पनि तटबन्धनमा राखेर काम गर्नु पर्ने  भएको बताउनु भएकोछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य आफना भनाई राख्र्दै,बिराटनगर बिमान स्थल अन्तराष्ट्रि«य स्तरको बनाउन आफुले गर्न सक्ने सबै काम प्रसाशनिक सहयोग गर्न आफु तयार रहेको समेत कार्याक्रममा बताउनु भएको छ ।

कार्याक्रममा अनिल साह,लगाएतका बिभिन्न व्याक्तिहरुले पनि आ, आफना भनाइहरु राख्नु भएको 
थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.