Websoft University

गउपालीकामा चरम भ्रष्टचार


विराटनगर, असार ७  गते । रातो तारा डट कम,
एक वर्ष अघि जनताबाट स्थानिय सरकार संचालनको जिम्मेवारी लिएका स्थानिय अधिकारीहरु भ्रष्टचारमा लिप्त हुने थाले पछि सर्वसाधारण आक्रोसित बनेका छन ।
सुनसरीको देवानगञ्ज गाउपालीकामा चरम भ्रष्टचार भएको भन्दै स्थानियले अध्यक्ष लालीप्रसाद मेहतालाई ज्ञापनपत्र बुझाएका छन ।

उनीहरुले विकास निर्माणको काममा आफु अनुकुलका व्यक्तिलाई राखेर भ्रष्टचार गर्ने गरेको स्थानियले आरोप लागएका छन् । गाउपालीको सडक निर्माण,सडक बत्तीजडान, पुलपुलेसो तथा कल्भटको निर्माणमा चरम लापरवाहि भएको स्थानियले गुनासो गरे । समयमा टेण्डर नखोलेको,विउविजन वितरण गर्दा आफ्ना मान्छेलाई मात्र वितरण गरेको, स्थानियको गुनासोलाई गापाले नसुनेको स्थानिय संघर्ष समितीका संयोजक बेचन मेहेताले बताए ।

प्रमुख प्रसासकिय अधिकृत चेतन निरौलाले सुचन हक प्रयोग गरेर सुचना माग्दा समेत नदिएको विबेक मेहताले बताए । उनले भने पटकपटक सुचना अधिकारी संग सुचना माग्दा समेत नदिएको गनासो विबेकले गरे ।

कमिसनको लोभमा  गापा अध्यक्ष तथा पदाधिकारीहरुले स्थानिय संचार माध्यमलाई कार्यक्रम संचान गर्न नदिएर अर्कै जिल्लाको संचारमाध्यमलार्य संचालन गर्न दिएको स्थनीय  संचारकर्मी समेत रहेको विबेकले बताए ।

स्थानिय स्थतरमा विकास निर्माण हुने आस गरेर पठाएका प्रतिनिधिहरुनै भ्रष्टचारमा लिप्त हुन थाले पछि सर्वसाधारणको विचल्ली भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.