Websoft University

सरकारले प्रस्तुत गरेको वजेट संघीयता विरोधी : कोइराला

विराटनगर जेठ ३० गते । रातो तारा डट कम,
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको वजेट संघीयता विरोधी रहेको वताउनु भएको छ ।

मंगलवार मोरङ स्थित जहदा गाउपालिकामा रहेको शैलजा आचार्य स्मृती पोलिटेक्निक द्धारा आयोजित पूर्व उप प्रधानमन्त्री तथा कांग्रेस नेतृ शैलजा आचार्यको ९ औ स्मृती दिबस कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । प्रदेश सरकार र स्थानीय तहलाई सरकारले प्रस्तुत गरेको बजेटको ढाचाहेर्दा हेपाइती शैलीमा ल्याइएको बताउनु भयो।

उहाँले कूल बजेटको करिब २१ प्रतिशत स्थानीय तहलाई र १५ प्रतिशत प्रदेशका लागि र वाकी सवै सरकारले आफ्नै मातहतमा राख्नु गलत भएको बताउनु भयो । प्रदेश र स्थानीयतहमा गरिएको बजेटको व्यवस्थामा समेत कमजोरी भएको उहाँको तर्क थियो ।

उक्त स्मृती दिवस कार्यक्रममा पोलिटेक्निकको विज्ञान प्रयोगशालाको डा ं कोइरालाले उद्घाटन गर्नु भएको थियो भने पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारी र इन्जिनियर गोविन्द श्रेष्ठलाई समान गरिएको थियो । यस्तै शैलजा आचार्य छात्रवृर्ति कोषवाट १४ जना विद्यार्थीलाई सम्मान गरिएको पोलिटेक्निककी अध्यक्ष मीता आचार्यले जानकारी दिनु भयो ।

काग्रेस नेता हसन अन्सारीले १ लाख ५१ हजार रुपैया पोलिटेक्निकलाई दिने घोषणा समेत गर्नु भएको छ । कार्यक्रममा कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की ,विद्यानन्द माझी ,जयराम यादव ,विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की ,समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र  हसन अन्सारी लगायतले वोल्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.