काठमाडौ असार ६ गते । रातो तारा डट कम
नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलिया निवासी सञ्जयकुमार सहनीको नेतृत्वको समुहलेहातपात,गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रतिनेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गरेर आज गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
महासंघ रौतहट शाखाका अनुसार आज विहान ८ः०० बजे गौरस्थित कर्मचारी मिलन केन्द्रमा आयोजित आमसञ्चार विषयक तालिम स्थलमा सहनीको नेतृत्वमा आएका
१०–१५ जनाको समुहले सचिव क्षेत्रीमाथि हातपात गरेको, सदस्य यादवलाई कालोमोसो दलेको र पत्रकार दासको साथमा रहेको १ थान मोवाइल र नगद १५ हजार लुट्नुका साथै उहाँमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए ।
कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको घटना हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाको कडा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई पत्रकारलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।

Post a Comment