बिराटनगर,जेठ २७ गते । रातो तारा डट कम,उधोग संगठन मोरङको ४६ औं वार्षिक साधारण सभा सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पाटी का अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उदघाटन सत्रलाई सम्वोधन गर्दै बिगतमा गरिएको १२ बुँधे सम्जौता नेपालमा गणतन्त्र स्थापना, ऐतिहासिक निर्वाचन, नयाँ संम्विधानको कार्याव्वयनको पाटो जस्ता कुरा उठाउनु भएको
थियो ।
आफुले १० वर्ष सम्म त्याग र बलिदान गरेकै भएर अहिले देश र जनताको ईच्छा अनुसार नै पाटी एकिकरण पछि यि सबै कुरा सम्भव भएको हो भन्दै अव को नेपाल आर्थिक क्रान्ति कृषिमा प्रगति युवा रोजगार बन्द उधोग संन्चालन बिराटनगर बिमानस्थलको स्थर उन्नति, बिराटनगर किमा थाम्का राजमार्गको छिटो निमार्णमा सरकारकार र पाटीाको चासो रहेको बताउनु भएकोछ ।
त्यसैगरी अहिले नेपालका दुबै छिमेकी भारत चीनले नेपालमा अब कुनै क्रान्ति गर्नु पर्ने नभएकाले यहाको बिकास र नेपालको प्रगति चाहेको दाहालले बताउनु भयो । उधोग संगठनले बिभिन्न बिधाका व्याक्ति तथा महानुभावहरुलाई पनि सम्मान गरेको थियो ।
नेपाल उधोग वाणिज्य महासंगका महासचिव किसोर प्रधानले बिराटनगरको बिकास र बिराटनगर बिमान स्थलको स्थर सुधार नेपाल वायु सेवाले बिराटनगर दैनिक ४ पटक सम्म उडान भर्नु पर्ने जस्ता कुरा राख्नु भएको थियो ।
संस्थापक अध्यक्ष स्व जुद्घ बहादुर का छोरा बिनोद बहादुर श्रेष्ठ, मोरग व्यापार संघका अध्यक्ष पवन सारडा,आ आफना कुरा राख्दै कार्याक्रम सफलताको शुभ कामना दिनु भएको थियो ।
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समग्र बिराटनगरको बिकासमा सरकारको ध्यान राम्र नगएको हो कि ? भन्दै सरकारले महानगरलाई दिएको बजेट हेटौडाको भन्दा कम छ महानगरलाई उपमहानगर पालिका भनेर बजेट छुटाएको गुनासो गर्नु भएको थियो ।
कार्याक्रमको अध्यक्षता उधोग सगठन मोरग का अध्यक्ष मुकेश उपाध्यायले गर्र्नु भएको थियो ।
Post a Comment