Websoft University

चट्याङ लागेर चार जना घाईते


श्याम राई-गाईघाट, जेष्ठ २९ गते । रातो तारा डट कम,उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार विहान चट्याङ लागेर चार जना घाईते भएकाछन् ।

अविरल वर्षासँगै विहान पख परेको चट्याङ लागेर कटारी नगरपालिकाका वडा न. ९ बतासेमा १३ वर्षिया अस्मीता कार्की घाईते भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेला विहान २.३० बजे परेको चट्याङबाट कार्कीको घाटीको भाग डढेको छ । त्यसैगरि ताप्ली गाउँपालिका वडा न. १ शाही डाडाँमा चट्याङ लागेर ५१ वर्षिय सागर नाथ सुनुवार, बुहारी २९ वर्षिया ईच्छा सुनुवार र उनकी ७ वर्षिय छोरा सुशिल घाईते भएकोले उपचारको लागि विराटनगरस्थीत न्यूरोमा पठाईएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेला विहान ३ बजे परेको चट्याङ लागेर तिनै जना विहोस भएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.