बिराटनगर,जेठ १९ गते । रातो तारा डट कम, १० औं राष्टपति रनिङ शिल्ड तथा बिधालय खेलकुद प्रतियोगिता २०७५,उदघाटन समारोहका प्रमुख अतिथि १ नम्वर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईले एक समारोहका बीच कार्याक्रमको उदघाटन गर्नु भयो ।
उदघान सत्र लाई सम्वोधन गर्दै, मुख्य मन्त्री राईले यो प्रदेश स्थरिया राष्टपति खेलकुद प्रतियोगिता देश भरी चल्दैछ, हाम्रो प्रदेश बाट पनि १४ जिल्लाबाट आउनु भएका खेलाडी भाई बैनीले प्रतियोगितामा सफल हात पार्न शुभकामना दिन्छु भन्नु भयो ।
यहाँ सफल भएको खेलाडीहरुले फेरी राष्टिपति रनिड सिल्ड प्रतियोगिता काठमाण्डौंमा पनि खेल्नु पर्ने भएकाले हाम्रा खेलाडीहरुले त्याहा पनि सफता हात पार्न अग्रिम शुभकामना दिन्छु भन्नु भयो ।
खेलाडीहरुले हाम्रो प्रदेश लगाएत राष्टकै गौरव उच्च राख्न सकुन भन्दै,प्रदेशले खेलकुद बिकासको लागि आउने बजेटबाट सम्वोध गर्ने प्रदेश स्थरिय खेलकुद समिति समेत गठन गर्ने बताउनु भयो ।
अहिले देशमा हाम्रो बहुमतको सरकार भएकाले हामी सबै समृद्घि सुशासन बिकास तिर देशलाई अगाडी बढाईरहेका,े भन्दै कार्याक्रम सफताको शुभकामना दिनु भयो ।
कार्याक्रम जेठको १९,२०,२१, गते सम्म चल्ने खेलकुदमा १ नम्वर प्रदेशका १४ जिल्लाबाट करिव ९५० खेलाडी खेल खेलन राजधानी बिराटनगर आईपुगेकाछन ।
यो राष्टपति रनिङ सिल्ड प्रतियोगितामा करिव राष्टिय खेलकुद परिषदको २८ लाख र बाँकी नपुग स्थानिय खेलकुद समितिले व्यहोर्ने बुइिाएकोछ ।
पुर्व खेलाडी शंकर राई हाल लेटाङ नगरपालिकाका भेयर भलिवल प्रशिक्षक बीरेन्द्र कुमार चौधारी लगाएतका व्यातिहरुले पनि आ आफना कुराहरु राख्नु भएको थियो ।
कार्याक्रमको सभापतित्व पुर्वान्चल खेलकुद बिकास समितिका अध्यक्ष रबिन नगरकोटीले गर्नु भएको थियो । कायौक्रममा बिभिन्न स्कुलहरुले खेलकुद र नृत्य प्रस्तुत गरेका थिए भने राष्टिय गितहरु पनि स्थानिय कलाकारहरुबाट प्रस्तुत गरिएका थिए ।
Post a Comment