बिराटनगर जेठ २९ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङको जेष्ठ २९ गते आज सम्पन्न निर्वाचन अनुसार भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको प्रेश विज्ञप्ती मार्फत रातो
तारालाई जानकारी गराएको छ।
उद्योग संगठन मोरंग निर्वाचन समितिबाट घोषणा भएको परिणाम अनुसार संगठनको अध्यक्ष्ँमा भीम प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष्ँमा सुयष प्याकुरेल, उपाध्यक्ष्ँ (कोष) मा प्रदीप मुरारका, उपाध्यक्ष्ँ (कृषि, जलश्रोत र उर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष्ँ (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा संजय कुमार अग्रवाल, सुवोध कोईराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिल कुमार धनावत, नारायण प्रसाद मुन्दडा, विपिन कावरा, विनोद पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
Post a Comment