Websoft University

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

(फायल फोटो)
चितवन, जेठ २९ गते । रातो तारा डट कम,भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ । गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.