Websoft University

बिराटनगरमा हिजो देखि सुरक्षा गोष्ठी शुरु

काठमाण्डौं,जेठ १९ गते । रातो तारा डट कम, बिराटनगरमा हिजोबाट प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले १ नम्वर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १८गते देखि शुरु भएको हो ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा प्रदेश नं. १ को १४ वटै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुका साथै आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिका सम्बन्धमा छलफल हुनेछ ।
गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सबल सुरक्षा रणनीति तर्जुमा गर्न यो गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रदेश नं १ आन्तरिक मामिला कानूनमन्त्री हिक्कमत कार्की, गृहसचिव प्रेमकुमार राई, गृह मन्त्रालयका अन्य पदाधिकारी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना, एक नंम्बर प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.