(फाएलफोटो)
गाईघाट जेठ ३१ गते । रातो तारा डट कम,
गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत सुनकोशी नदिको बेलिब्रिज खोलेसँगै खोटाङंको दक्षिणि भेगमा दैनिकी उपभोग्य बस्तुको मूल्य आकासियको छ ।
दुई साता अघि कोशीमा पानीको वहाब बढेसँगै कोसीको बेलिब्रिज खोलिएपछि गाईघाट–दिक्तेलको सिधा यातायात पूर्ण रुपमा बन्द भएपछि ढुवानी समस्याको कारण उपभोग्य बस्तुको मूल्य दोब्बर बढेको छ । अहिले कोसी पारीको खोटाङंका ग्रामीण बजारमा नुन, चाउचाउ, चामल, पेय पदार्थ, तेल, लत्ता कपडाको मूल्य बढेको फोक्सिनटारका शिक्षक मनशेर राईले बताए ।
हामीले २० रुपैयामा किन्ने गरेको चाउचाउको मूल्य बढेर ३५ रुपैया पुगेको छ ।’ उनले भने ।‘ सबै सामानको मूल्य बढेको छ । पहिलेको भन्दा सबै सामानमा दोब्बर मूल्य राखेर विक्री भैरहेको छ ।’ रसुवाघाटमा होटल व्यावसाय गर्दै आएका केदार राईले भने ।
सुनकोशीमा बेलिब्रिज खोलेपछि ढुवानी समस्या देखाउँदै व्यापारीहरुले मनपरी मूल्य लिने गरेको राईले बताए । विगतमा पनि यस्तै हुँदै आएको थियो । सरकारले बजेट भाषण मार्फत सबै जसो कर बढाएर लगतै बेलिब्रिज पनि कोशीबाट हटाएपछि व्यापारीहरुले आफूखुशी मालसमानको भाउमा दोब्बर मूल्य बढाएको रसुवाका स्थानीय अमृत हमालले बताए।
बेलिब्रिज खोलिएसँगै अहिले गाईघाटदेखि खोटाङसँगको सिघा यातायात सेवा दुई हप्तादेखि बन्द छ । गाईघाटदेखि छुट्ने सवारी साधन कोसी वारी नै रोकिने गरेको छ । फोक्सिनटारदेखि झण्डै १३ किमी पैदल बोकाएर मालसमान भरीयाले रसुवा झोलुङ्गे पुल हुदै कोशी पारी पु¥याउने गरेका छन् । भरीया मार्फत माल समान बोकाउदा लागत मूल्य बढेको व्यापारीहरुले बताउदै आएको छ ।
गाईघाट–दिक्तेल सडकको निर्माण शुरु भएको २३ वर्ष भैसक्दा पनि दुई जिल्ला जोड्ने सुनकोसीमा अझै पक्कि पुल बन्न सकेको छैन । हिउदमा सवारी आवगमन सुचारुको लागि नदीमा बेलिब्रिज चार वर्ष अघिदेखि जडान हुदै आएको छ । तर वर्षातमा कोशीमा पानीको वहाब बगेपछि जडान गरिएको बेलिब्रिज निकाल्ने गरिन्छ ।
श्याम राई÷उदयपुर

Post a Comment