इलाम,जेठ २२ गते । रातो तारा डट कम,इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरको विमानले सफल परीक्षण उडान गरेको छ। सोमबार मध्यान्ह उक्त विमान इलाममा अवतरण गरेको हो।
पूर्वी पहाडको प्रमुख पर्यटकीय स्थल इलाम पनि अब हवाई मार्गमा जोडिने भएको छ। इलाममा विमान अवतरण गरेको हेर्न विमानस्थल वरपर सर्वसाधारणको घुईंचो लागेको थियो।
इलामबासीको बर्षौंदेखिको आफ्नै जिल्लाको विमानस्थलबाट हवाईयात्रा गर्ने धोको पूरा हुने भएको छ। तर धेरै भौतिक संरचना निर्माण र प्राविधिक तयारी गर्नुपर्ने भएकाले नियमित उडानका लागि केही समय पर्खनुपर्ने भएको छ।
Post a Comment