Websoft University

वडाले आगामी वर्षका रु १ करोड ४२ लाख ७५ हजार बराबरको योजना सार्वजानिक गर्यो


बिरानगर,जेठ २९ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिकाको वडा नम्वर ११ ले वडा भेला गरेर एक घर एक बिरुवा रोप्ने निति सहितको आगामी वर्ष गरिने बिकास निमार्णका कार्याक्रमहरु सार्वजानिक गरेकोछ ।

बिराटनगर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपानेले रातो तारा लाई दिएको जानकारी अनुसार एक घर एक बिरुवा रोप्ने कार्याक्रमका लागि रु १ लाख,जेष्ठ नागरिक समाजलाई रु १ लाख,जनपथ वाचनालय लाई रु ५० हजार,स्थानिय दुर्गा मन्दिर लाई रु ५० हजार छुट्याईएको जानकारी गराउनु भएकोछ ।

त्यसैगरी अहिले वडाले ११ नम्वरका बिभिन्न ठाउँमा ५ वटा कलवट निमार्ण गर्न योजनामा पारेको छ भने ओम शिव मार्ग पक्की नाला सडक ग्रावेल, रु ९ लाख,रौनियार धर्मसालाको बाटो निमार्ण रु ७ लाख बस पार्क पस्चिम तिरका साना बाटा ग्रावेल रु ७ लाख पैयापानी मार्ग ग्रावेल रु ७ लाख राम साह पथ ग्रावेल रु ५ लाख कृषण कुमारी थापा घर अगाडी बाटो नाला रु ७ लाख छुट्रयाईएको छ।

आगामि वर्ष निमार्ण हुनेमा पन्ना लाल सहनि घर छेउ नाला बाटो ग्रावेल रु ६ लाख अन्नपुर्ण मार्ग ग्रावेल रु ५ लाख किरण श्रेष्ठ घर छेउ नाला बाटो ग्रावेल रु ५ लाख र महिला बालबालिकाहरुका लागि रु ७५ हजार छुट्रयाइएको जानकारी गरानु भएकोछ ।

आगामी वर्ष वडाका बिभिन्न ठाउहरुमा बाटो समस्य हेरी बाटो ग्रावेल गर्न रु २० लाख सम्पतको घर अगाडी नाला र घपनी का लागि रु १० लाख र मसान घाट घेरावारा गर्न रु १ लाख धुधुवा छेउमा बिस्राम स्थल बनाउन रु १ लाख छुट्रयाईएको बताउनु भएकोछ ।

डाफे मार्ग पिच गर्न रु १४ लाख र रजत मार्ग पिच मर्मत गर्न रु ५ लाख वडाको बजेटमा राखिएको बताउनु भयो । अहिले कुनै पनि टोलका टोल वासीहरुले आफनो घर अगाडीको बाटो बनाउन ४० प्रतिसत रकम लगानी गर्ने ईच्छा सहित वडामा निवेदन माग भए त्यस्तो कार्याक्रमका लागि रु १० लाख छुटाएको समेत जानकारी गराउनु भयो ।

बिराटनगर ११ मा आगामि वर्ष करिव रु एक करोड रु ४२ लाख रु ७५ हजारको काम हुने वडा अध्यक्षले रातो तारा लाई जानकारी गराउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.