शिव भट्टराई - मोरङ असार २ गते । रातो तारा डट कम,
नेपाली चलचित्रको बजारमा अत्याधुनिक हलहरु संचालनमा आउन थालेका छन् । काठमाण्डौ बाहिर पनि मल्टिप्लेक्स हलहरु खुल्ने क्रम बढ्दै गएको छ ।
यसै क्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी निर्माता छविराज ओझा र वितरक तथा निर्माता प्रदिप कुमार उदयले पूर्वको इटहरीमा सुविधा सम्पन्न हल संचालनमा ल्याएका छन्।‘एलाइट सिनेमा’नाम दिएर खोलिएको उक्त हलमा दर्शकले सबै खालका सुविधा पाउने प्रदिपकुमारले बताएका छन् ।
हलमा २ वटा पर्दा छन् । पहिलो हलमा २०८ सिट क्षमता छ भने दोश्रोमा १४४ सिट क्षमता छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटी भएको हलमा बस्नकालागी आरामदायी सिट राखिएको छ।यस सीनेमा हल ६ कठ्ठा माटोमा निर्माण भएको छ।यस हलको निर्माणका लागी १० जनाको लगानी लागेको कुरा हल संचालक प्रदीप कुमार उदयले बताएका छन्।इटहरीमा एलिट सिनेमा हल शुत्रबार उद्घाटन भएको छ ।
हलको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले गरे । उद्घाटन गदै चौधरीले भने इटहरीका विकास चौतर्फी भईरहेको छ । ७ करोडको लगानीमा सञ्चालनमा आउन लागेको सो सिनेमा हलभित्र २ वटा हल सञ्चालन हुने छन । ३ शो सिनेमा प्रदर्शन हुने र ३ सय ५२ जना दर्शक क्षमता रहेको सो हल डिजिटल प्रविधिको रहेको सञ्चालक कुबेर शर्माले पत्रकार सम्मेलन मार्फत बताए ।
चलचित्र निर्माता छविराज ओझा, चिरञ्जीवि बस्नेत, चैतन्य बराल, दिनेश पोखरेल र नायक पृथ्वीराज प्रसाईँलगायतको लगानी हल निमार्ण भएको हो । शिल्पा पोखरेल लगायतका सम्पूर्ण टिमले पत्रकार सम्मेलन गरी हल सञ्चानमा आएको जनाएको हो ।
Post a Comment