श्याम राई-उदयपुर-गाईघाट, जेष्ठ २० गते । रातो तारा डट कम,सर्पको टोकाईबाट उदयपुरको कटारीमा शनीबार राती हजुरआमा र नातीको मृत्यु भएको छ ।
कटारी नगरपालिका वडा न. ४ सिम्लेमा विशालु सर्पले घरमै सुतिरहेको बेला ५० वर्षिया टिकामाया बस्नेत र १० वर्षिय सगुन बस्नेतलाई डस्डा उनीहरुको मृत्यु भएको हो । टिकाको उपचारको क्रममा कटारी अस्पतालमा र सगुनको अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको छिमेकी एंव उदयपुर उद्योग वाणिज्य संघ कटारीका सदस्य पवन श्रेष्ठले बताए ।‘
सुतिरहेको बेला सर्पले टोकेको रहेछ । राती नै अस्पताल ल्याएर उपचार हुँदै गर्दा टिकामायाको मृत्यु भयो ।’
श्रेष्ठले भने हजुर आमाको मृत्यु पछि घर आएर हेर्दा नाती पनि सिकिस्त भएको रहेछ । तत्काल उनलाई पनि उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटैमौ उनको पनि मृत्यु भयो ।’ उनले भने । सर्पले टोकेको कसैले थाहा नपाउँदा उनीहरुको समयमै उपचार नहुदा मृत्यु भएको उनले बताए ।
चिकित्सकले उनीहरु दुबैलाई विशालु सर्प गोमनले टोकेको कारण मृत्यु भएको उल्लेख गरेको श्रेष्ठले बताए ।
कटारीमा सेनाको ताराघारी क्याम्पमा र कटारी अस्पतालमागरि दुई ठाउँमा सर्पदंश को उपचार सेवा केन्द्र छ । तर ढिलोगरि उपचार गराउन पुगेको कारण हजुरआमा र नातीको मृत्यु भएको चिकित्सकको भनाई उद्धत गर्दै श्रेष्ठले भने ।
‘राती कुन बेला सर्पले टोक्यो भन्ने कुरा खुलेको छैन । सर्पले टोकेको थाहा नहुदा उपचार अभाबमा दुबैको मृत्यु भएको कटारीका मेयर काजी श्रेष्ठले बताए ।
Post a Comment