Websoft University

ज्येष्ठ नागरिकको अधिकार स्थापित गराइने


काठमाडौँ, असार २ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकसम्बन्धी ऐन२०६३ लाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ । तेह्रौँ ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पदाधिकारीसँग असार १ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उहाँले ऐन कार्यान्वयन गरी ज्येष्ठ नागरिकका अधिकार स्थापित गराउने बताउनुभएको महासंघका महासचिव महासचिव छत्रबहादुर प्रधानले जानकारी गराउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीले ऐनले समेट्न नसकेका कुरालाई पनि संशोधनमार्फत समेटिने जानकारी गराउनुभयो । भेटघाटमा प्रधानमन्त्री ओलीसँग महासंघका पदाधिकारीले ऐनमा राखिएका प्रावधान अझै कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.