बिराटनगर जेठ १८ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका का तर्फबाट रानी कर चोैकीमा खटिएका
ख्याम तिम्सिनाले पत्रकार सम्मेलन गरेर आफुलाई कर असुलीमा अनियमितता गर्यो भन्ने आरोपको खण्ड गरेका छन।
अहिले जनप्रतिनिधि नभएको बेला भन्दा आज भोलि महानगरमा अनियमितता बढेको हो कि भन्ने नगरवासिले
महसुस गर्न थालेका छन।
कर चोैकीबाट काटिने रसिद ग्राहकलाई दिने रसिदमा बेग्लै अक र असुली गर्ने कपिमा बेग्लै अंक लेख्ने चलन पुरानो नै हो।
यहीँ कुरालाई उल्लेख गरेर स्थानीय पत्रकाले समचार बनाएको बारेमा खण्ड गर्दै आरोप गलत भएको ख्याम तिम्सिनाले जानकारी गराएका छन।
महानगरको बाटो बाट भित्रीने करिब ३० नेपाली र भारतीय
लगानीका कम्पनीले हजारौं भारवान गाडीले मुद्दाको बहाना गरेर कर नगरलाई तिर्दैनन्।
भारतीय ट्रक रू १०, कारहरू दैनिक ७५ टेकटर १००,
६ चक्के गाडी १२५, त्योभन्दा ठुुुुलो १५०, र १२ चक्का
माथिका सबैलाई २०० कर लिने गरेकोछ। तर ठेेेेकेदारले
मिलेमतोमा जस्तो २०० वालालाइ ५०० जस्तो किसिम बाट
दिने मात्र रसिदमा लेखेर दिने तर रेकर्डमा नलेख्ने गरेको पाइए पछि यो बिबाद बाहिर आएको हो।
जनप्रतिनिधि भए पनि नगरमा बाटो पानी नाला बती सार्वजनिक सम्पत्ति सरक्षणमा कमी स्वास्थ शिक्षा दैनिक उपभोग्य बस्तुमा मिसावट जस्ताा अनेकौं कुराले महानगर वासी पीडित अहिले भएका छन।
Post a Comment