Websoft University

सुन्दरहरैचा बासी भन्छन :- जनताको स्वास्थ्य भन्दा पनि सिक्किम भ्रमण जनप्रतिनिधिलाई महत्वपूर्ण भयो


शिव भट्टराई भोजपुरे-मोरङ जेठ २७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका व्यवसायिक गतिविधी गर्ने एक सुरक्षित क्षेत्र मानिन्छ । यहाँ दिनानु दिन नया व्यवसाय गर्ने उधमिहरुको पनि संख्या दिनदिनानु दिन बढ्दै गैइरहेकोछ । तर व्यवसायीले आफूले व्यवसाय गर्ने फर्म उक्त स्थानमा उपयुक्त छ कि छैन भनेर अनुसन्धान खोज नगर्दा सुन्दरहरैचा दिनदिनानु दिन प्रदुशीत  हुँदै गैइरहेको छ ।

मोरङ सुन्दरहरैचामा केही वर्ष अगाडि सुन्दरहरैचा वार्ड नं १२ बस्ने सुरेश प्रधानले कुखुरा फर्म खोलेका छन । उक्त फर्म ५/६ वर्ष अगाडि सामान्य थ्यो आधुनिक शैली मा उक्त फर्म बनाएको १ वर्ष भएता पनि संचालन मा आएको ३ महिना मात्र भएको स्थानिय बासिले बताएका छन ।  १०,००० कुखुरा पाल्ने र यहाका स्थानिय व्यक्तिलाई नै रोजगारी प्रदान गर्ने उद्देश्यले खोलिएको फर्म यति खेर विवादमा आएको छ ।

 व्यवसायीले ठूलो लगानिमा उक्त फर्म खोलिए पनि अहिले स्थानियले बन्द गर्नु पर्ने माग सहित स्थानिय सरकार सामु दबाब दिईरहेका  छन । सुन्दरहरैचा वार्ड नं १२ मा खोलिएको उक्त फर्म आधुनिक शैली मा स्थापना गरिए पनि त्यहा बाट निस्किएको दुर्गन्धले स्थानिय वासिको स्वास्थ्यमा निकै असर गरेको एक युवाले बताए । उक्त फर्मले वरिपरि रहेका ४० घर धुरीलाई प्रत्यक्ष असर गरेको स्थानिय बासी बताउछन ।

स्थानिय वासिहरुले उक्त फर्म बन्द गर्नु पर्ने माग सहित नगरपालिकामा दबाब दिए पछि वार्ड नं १२ का वार्ड अध्यक्ष रोशन ढकालको संयोजकत्वमा उक्त फर्म निरिक्षण गर्ने र हटाउनु पर्ने अवस्था आए हटाउनु पर्ने शर्तमा छानविन समिती गठन गरेको छ । तर उक्त छनविन समितिले पनि उक्त विषयलाई खासै महत्व नदिई चुपचाप बसेको स्थानिय वासी बताउछन ।

तर १२ नं वार्ड अध्यक्ष तथा छानविन समितिका सयोजक ढकाल भन्छन :- जनप्रतिनिधिको भ्रमणका कारण छानविन नगरिएको अब तत्काल नगरपालिकाको पशु शाखाका प्राविधिक सहित छनविन गर्छौ । तर स्थानिय वासिले जनप्रतिधिहरुलाई जनताको स्वास्थ्य भन्दा भ्रमण महत्वपुर्ण भयो । जनप्रतिनिधिको भ्रमण हुदा अरुलाई जिम्मा दिएर जानू पर्ने स्थानिय बताउछन ।

 स्थानिय वासी बताउछन नगरपालिकाले बजार क्षेत्र मा भएको २ कि.मि क्षेत्रलाई आवासिय क्षेत्र घोषणा गरिसकेको तर त्यो फर्म कसरी दर्ता भयो अनुमती दईयो भनेर नगरपालिकालाई नै प्रश्न गर्न थालेका छन ?  नेपालको संविधान २०७३ धारा ३० अनुसार जनताको स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन भएको , व्यवसायिले आफ्नो व्यवसाय संचालन गर्दा पशु निर्देशिका अनुसार फर्म नचलाएको  तथा  जनताको स्वास्थ्य मा नगरपालिकाले खेलबाड गरेको भन्दै नगरपालिकामा दबाब दिईरहेका छन । तर अब धेरै दिन नगरपालिकालाई दबाब नदिने र नगरपालिकाले यो विषयमा चासो नदिए अदालत सम्म जाने स्थानिय युवाहरु बताउछन ।

यता फर्म संचालक सुरेश प्रधान भन्छन :- करोडौको लगानी गरिसकेको हुनाले ५/६ वर्षको समय पछि उचित स्थान व्यवस्थापन गर्ने बताउछन । तर स्थानिय बासी भने बढिमा १ वर्षको नत्र ६ महिनाको समय दिन सक्ने बताउछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.