गाईघाट असार ७ गते । रातो तारा डट कम,
उदयपुरको कटारीस्थीत मालपोत कार्यालयबाट एउटाको नामको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन पास भएको खुल्न आएको छ ।
जिल्लाको ताप्ली गाउँपालिका वडा न. ५ रुपाटारका भक्त बहादुर ठकुरीको नामको १२ रोपनी ५ आना जग्गा कित्रे कागज तयार गरेर अर्कै व्यक्तिको नाममा नामसारी भएको दुई महिनापछि पीडितले तिन दिन अघि थाहा पाएका हुन् ।
उनले कर्मचारीले रकम लिएर अर्कै व्यक्तिलाई आफनो नामको जग्गा विक्री गरेको बताए ।‘ मालपोत कर्मचारीको बदमासीले मेरो जग्गा अर्कैको नाममा रजिष्ट्रेशन भएको हो ।’
उनले भने ।‘ गाउँ घरमै मैले गाईगुई सुनेको थिए ।
तरपछि बुझदै जादा कुरो सतय रहेछ ।’ ठकुरीले भने । उनको नाममा रहेको ताप्ली वडा न. ५ रुपाटारस्थीत साविक रुपाटारको कि.न. ६(को) २११, ९८, ३२०, ३२२, ३१८, ४८ को १२ रोपनी ५ आना जग्गा काठमाडौं महानगरपालिका ४ बस्ने प्रकास सिंह, प्रविण कुमार सिंह र हरिहर सिंह ठकुरीको नाममा पास भएको मालपोतको रेकर्डमा उल्लेख छ ।
उनीहरु तिनै जना तत्कालीन जिल्ला पंचायत उदयपुरका सभापती स्व भक्त वहादुर सिंह ठकुरीका छोराहरु हुन् । मृत्यु भैसकेका भक्त वहादुर सिंह ठकुरी र भक्त वहादुर ठकुरी एउटै व्यक्ति हो भन्ने सिफारीसको आधारमा मालपोत कटारीले उनको नामको जग्गा सिंह ठकुरीका छोराहरुको नाममा पास गरिदिएको खुल्न आएको छ ।
ठकुरीको बाजेको नाम नर वहादुर र मृतक सिंह ठकुरीका बाजेको नाम जंग वहादुर भन्ने व्यक्ति एउटै हो भनि तिनै जना दाजु भाईहरुले काठमाडौं महानगरपालिकाबाट सिफारीस ल्याएर वि.स. २०७४ चैत्र २६ गते मालपोत कार्यालय कटारीबाट आफनै नाममा जग्गा नामसारी गरेको पिडितका आफन्त अर्जुन रासकोटीले बताए ।
पिडितले आफनो नामको जग्गाको कारणले अर्कै व्यक्तिको नाममा रजिष्ट्रेशन गरियो भन्ने नामसारी गरिदा पेश गरिएको कागजपत्रको प्रतिलिपि माग गर्दा मालपोत प्रमुखले जग्गा फिर्ता गरिदिने आश्वसन दिएको रासकोटीले बताए ।
‘जसरी भएपनि जग्गा फिर्ता गरिदिन्छु भनेको छ कतै हल्ला नगर्नु । हामीबाट गल्ति भयो ।’ मालपोत कर्मचारीले रासकोटीलाई आग्रह गरेकाछन् ।‘ कर्मचारीको मिलिमतोबाट अर्कै व्यक्तिको नाममा जग्गा रजिष्ट्रेशन भएको हो ।’
उनले भने ।
मालपोतका निमित्त प्रमुख शान्तिराम अर्यालले जग्गा नामसारी सबै प्रकृया पूरा गरेर ल्याएर भएको बताए ।‘ सबै कागज पत्र कानून बमोजिम भएको छ । हामीले तयसैको आधारमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हौ । कर्मचारीबाट कुनै गल्ति भएको छैन ।’ उनले भने ।
भक्त वहादुर सिंह ठकुरी उदयपुरमा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । उनी पंचायतको हस्ती नै थिए । वहुदलिय व्यवस्थाको पूर्णस्थापनापछि एक दशक जति उनी राजावादी पार्टीमा लागेर राजनीतिमा सक्रिय थिए । त्यसपछि उनी काठमाडौं बस्दै आएका थिए । उनको काठमाडौं ८ वर्ष अघि मृत्यु भएको थियो ।
काठमाडौं बस्दै आएका उनका छोराहरुले बुबाको मृत्युपछि उनको नामको जग्गा उनीहरुको नाममा रजिस्ट्रेशन हुन गएको मालपोतले जनाएको छ ।
निमित्त प्रमुख अर्यालले ठकुरी र सिंह ठकुरीबीच नजिकैको नाता सम्बन्ध खुल्न आएको बताए ।
दुबै पक्षबीच आपसी सहमती भैसकेको खुल्न आएको छ । भुलबस आफनो नाममा जग्गा ल्याउने तिनै जना दाजु भाईले जग्गा फिर्ता गर्छु भनेको छ । उनले भने ।‘ अब केही दिनमै पहिलेको जग्गा धनीको नाममा जग्गा फिर्ता आउछ ।’
श्याम राई÷उदयपुर
Post a Comment