Websoft University

किरात भुमि चलचित्र निमार्ण आजैबाट शुभारम्भ

बिराटनगर जेठ,२३ गते वुधवार । रातो तारा डट कम,किरात राज्यको कालखण्ड र त्यसमा भएको घटनाक्रमलाई उठानगर्न नेपाली कथनक चलचित्र किरात भुमि निमार्ण हुने भएको छ ।

कोशी भिजन फिल्मस् प्रालीको वेनरमा वन्न लागेको चलचित्रमा किरात राज्यको साशन व्यवस्था किरातभुमिको धर्म संस्कृती, कलासाहित्य र नेपालको सिमानाका विषयलाई चित्रण गरिने जनाएको छ ।

कार्यक्रममा तेजेन्द्र भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो।

कोशी भिजन प्रालिले विराटनगरमा कार्यक्रम गरि आकास राई र स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीले ५ थान मैन बती बाले पछि, पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष बिक्रम निरोैला रा  उप निर्देशकले सयुक्त  चलचित्र निमार्ण शुभारम्भ गरेको थियो । पत्रकार महासंघ मोरङका अध्यक्ष प्रदेश अध्यक्ष विक्रम लुईटेळे शुभकामना दिनु भएको  थियो थियो

कार्यक्रमका अध्यक्ष चलचित्रमा समाजका ठुलावडाहरुले सानाहरुलाई एकआपसमा लडाएर कसरि फाइदा लिन्छन भन्ने विषयलाई चलचित्रमा समेटिएको चलचित्रका निर्देशक आकाश राईले वताउनुभयो ।

उक्त चलचित्रमा आकाश राई, मिना मादेन लिम्वु, युनिशा राई, रेखा लिम्वु, मुखियाको रोलमा शिव भट्टराई मुखिनिमा भावना भट्टराई तथा संचारकर्मी स्वतन्त्र पत्रकार तथा रातो तारा डट कम का सम्पादक - तेजेन्द्र भण्डारी वालकलाकार, मिशन राई तथा प्राकृतिक राईको भुमिका रहेको छ ।

आगामी दशै तिहारमा रिलिजगर्ने उदेश्यले  निमार्ण शुरु भएको उक्त चलचित्रको छायाकंन विराटनगर, धरान , विर्तामोड सहित किरात भुुमिमा हुने निर्देशक राईले वताउनुभयो । चलचित्रको निमार्ण लागत ६० लाख भन्दा वढि रहेको छ ।
आजै विराटनगर बाट छायांकन सुरु गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.