मोहन कुमार राई– आषाढ ९ गते । रातो तारा डट कम, संखुवाससभामा पहिलो पटक स्थानीय तहका गाउपालिका र नगरपालिकाहरुबाट नवप्रवेशी सञ्चारकर्मीह?लाई ५ दिने आवासिय आधारभूत पत्रकारीता तालिमको एक समाहरोका वीच उद्धघाटन गरिएको छ ।
चैनपुर नगरपालिका स्थित दिलकुमारी स्मृती हलमा सञ्चालित तलालिगुँरास पत्रिकाको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्म दाहालले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले स्वागत मन्तव्य दिनुभएको थियो ।
यसै गरी कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला अदालत संखुवासभाका न्यायधिस प्रकाश राउत, प्रमुख जिल्ला अधिकारी संखुवासभाका गणेश बहादुर अधिकारी, राजनीतिक दलका प्रतिनिधिह? प्रदेश नं. १ पत्रकार महासंघ संयोजक उद्धव तिम्सिना, लगायतले कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अवसरमा अग्रज पत्रकारह? कुमारबाबु अधिकारी, महेश थपलिया, श्याम सुन्दर उदास, भोलानाथ गौली, उमेश कुमार डाँगी, भरत कुमार शाक्य लगायत ६ जना अग्रज पत्रकारह?लाई खादा र सम्मान पत्र द्धारा सम्मानीत गरिएको कार्यक्रम सञ्चालक ध्यान कुलुङले जानकारी दिनुभएकोथियो ।
संखुवासभाको १० वटा स्थानीय निकायबाट ३० जना युवा युवतीह?ले आधारभूत तालिममा सहभागीहरुले कन्चनजंघा होटल चैनपुरको सभाहलमा सञ्चालन हुने कार्यक्रमका सभापति एवं लालिगुँरास साप्ताहिक पत्रिकाका प्रधान सम्पादक पदम अधिकारीले जनाएको छ ।
नव प्रवेशी पत्रकारह?लाई उद्घाटनकै दिन पहिलो शेसन वरिष्ठ पत्रकार पु?षोत्तम दाहाल, उप प्राध्यापक प्रकाश आचार्य, ज्ञानेन्द्र निरौला, प्रदेश नं. पत्रकार महासंघ संयोजक उद्धव तिम्सिना लगायतले पत्रकारीता प्रशिक्षणको शु?वात गर्नुभएको थियो ।
Post a Comment