Websoft University

ठुुुुलो मात्रामा घरेलु मदिरा बरामद

(फायल फोटो)

काठमाडौ,जेठ २६ गते । रातो तारा डट कम,
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भन्नुभयो, “घरेलु मदिरा सेवनसँगै हुने झगडाका कारण धेरै मानिसको ज्यान जाने घटना बढेपछि हामीले घरेलु मदिरामुक्त क्षेत्र निर्माणका लागि सो अभियान चलाएका
 हौँ ।”

यसअघि प्रभागले झण्डै पाँच हजार घरेलु मदिरा बरामद गरेर नष्ट गरिसकेको छ । प्रभागले गँगबु, गणेशथान, मित्रनगर, पवित्रनगरलगायत क्षेत्रमा छापा मार्दा अवैध घरेलु मदिरासँगै मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ र भाँडाकुँडासमेत बरामद गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.