काठमाण्डौ, असार १ गते । रातो तारा डट कम,डा मेरिया मण्टेशरीबाट स्थापित अन्तराष्टिय मण्टेशरी सस्था ९ए एम आई०बाट लामो तालिम लिएका ४ जना शिक्षाकर्मीबाट स्थापिता इन्टरनेशनल इन्ष्टिच्युट अफ मण्टेशरी रिसोर्सिज सस्थाको शिक्षा मन्त्रालय भाषा आयोगका उपसचिव डा तोया खनाल तथा शिक्षक सेवा आयोगका उपसचिव द्धारिका प्रसाद पोखरेलले आज काठमाण्डौँको कान्तिपथमा संयुक्त रुपमा उद्धधाटन गर्नुभयो ।
संस्थाका व्यवस्थापक शर्मिला भट्टले सभामा स्वागत मन्तव्य राख्दै शैक्षिक उपलव्धि दुखद रहेको वर्तमान अवस्थामा आँशु बगाउनुभन्दा केही उपाथ गर्नु उपयुक्त ठानी सही उपायको रुपमा यो अभियान शुरुगरेको बताउनुभयो ।
उदधाटन समारोहमा बोल्दै शिक्षक सेवा आयोगका उपसचिव द्वारिका पोखरेलले अत्यन्त उपयोगी मण्टेशरी शिक्षाको वास्तविक जानकारी सबै विद्यालयमा पुरयाउनु उपयुक्त हुने र सोको लागि स्रोत व्यक्ति संलग्न गराउनु अति प्रभावकारी हुने बताउनुभयो । भाषा आयोगका उपसचिव डा खनालले यस संस्थाका अध्यक्ष समेतको विशेष क्षमतामा आफू विश्वस्त भएको र यस असल कार्यलाई सफल बनाउन धैर्यता अति जरुरी रहेको बताउनुभयो ।
अमेरिकन मण्टेशरी सोसाइटीका सदस्य ट््रयासी टाइसनले आफ्नो दशवर्षे नेपालको शैक्षिक अनुभवमा वास्तविक मण्टेशरीको यो नै पहिलो शुरुआत हुनेमा विश्वास राख्दै खुशी व्यक्त गर्नुभयो ।
यस कार्यक्रमको सभापतित्व गर्नु भएका सस्थाका अध्यक्ष भोलाहरि धितालले नेपालको शैक्षिक गुणस्तर कमजोर भइरहेको अवस्थामा अति वैज्ञानिक शिक्षा मण्टेशरी शिक्षाको माध्यमबाट सकारात्मक प्रवृत्तिको विकाशको लागि यो संस्था स्थापना गरिएको बताउदै आफूले जम्मा गरेको सामुदायिक तथा सस्थागत विद्यालयको ४२ वर्षको शिक्षण तथा प्रशिक्षण अनुभवमा बालबालिकाको सर्वागीण विकासको लागि मण्टेशरी नै उत्कृष्ट शिक्षा भएको बताउनुभयो ।
कार्यक्रम संयोजक प्रतिभा खड्काले मण्टेशरी वातावरणको बारेमा प्रकाश पार्नुभएको थियो । तालिम संयोजक सुनिता श्रेष्ठले उद्घोषण गरेको कार्यक्रममा हाल शिक्षकहरुलाई मण्टेशरी शिक्षा शुरुगर्न सक्नेगरी क्षमता अभिवृद्धि गराउने कार्यबाट सकृयता शुरुगरेको यस संस्थाले भविश्यमा प्रत्यक्ष बालबालिकाको लागि मण्टेशरी वातावरण शुरु गर्ने लक्ष रखेको जानकारी गराइएकोथियो ।
Post a Comment