Websoft University

पराजुलीको जाहेरीले केदार चौवान पक्राउ परे


काठमाण्डौं,जेठ ३१ गते । रातो तारा डट कम,पुर्वेली क्रसर उधोग उर्लाबारी नगरपालिका वडा नम्वर १ मा रहेको पुर्वेली क्रसर उधका सन्चालक ध्रुव चन्द्र पराजुलीको जाहेरीले सोहि ठाउँ बस्ने केदार चौहान पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय उर्लावारीका इन्चार्ज राम प्रसाद मिम्सिनाले रातो तारा लाई दिएको जानकारी अनुसार स्थानिय राष्ट्रिय समचार पत्र साप्ताहिक पत्रिकाका संन्चालक समेत रहेका केदार चौहानले माथि उल्लेखित क्रसर उधोगलाई पटक पटक धमक्याएर रकम लिने गरेका र यो तेस्रो पटक हिजो देखि धमक्याएर वार्गेनिङ गरि रु २० हजारमा कुरा मिलाई सहिएको थियो ।

सोहि केस लाई आज बिहान आएर सबै नोटको अंक नोट गराई जाहेरी समेत हालि रकम लिन बोलाई सगै प्रहरी समेत राखि रकम दिईने बितिकै बिहान ८,१५ वजे उर्लावारी बाट निज केदार चौवानलाई प्रक्राउ गरी कानुनि कार्यावाही अगि बढाईएको जानकारी गराएकोछ ।

पीडित पक्ष ध्रुर्व चन्द्र पराजुलीका अनुसार केदारले पटक पटक धमक्याउने रकम लिने र होटेलमा खाएको पैसा व्यावसायीलाई तिराउने जस्ता काम परिसान गरेपछि जाहेरिदिएको बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.