बिराटनगर,असार ७ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंगको आयोजनामा भंसार विभागका महानिर्देशक श्री तोयम रायाका साथ यस क्षेेेेत्रका उद्योगी,व्यवसायीहरुको भन्सारसंग सम्वन्धित समसामयिक विषयमा छलफल सम्पन्न भएको उद्योग संगठन मोरंगले ६ गते प्रेश विज्ञप्ती गरि जानकारी गराएको छ ।
छलफलमा संगठनका पुर्व अध्यक्ष् मुकेश उपाध्यायले महानिर्देशकज्यूलाई स्वागत गर्दै भन्सार संग सम्बन्धित समस्या र समाधानतर्फ ध्यान आकृष्ट गराउनु भयो । कार्यक्रममा मोरंग व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्धडाले एक्जिम कोड नविकरण वापत तिर्नु परिरहेको रकमबारे चर्चा गर्नुका साथै मीरगन्ज पुलबाट ४० टन भन्दा बढी भारवहन क्षमताका कन्टेनर अहिले पनि वीरपुर भण्टाबारीबाट आईरहेको गुनासो व्यक्त गर्नु भयो ।
संगठनका निवर्तमान अध्यक्ष शिव शंकर अग्रवालले क्ष्ऋए यथाशीघ्र संचालनकासाथै नयां बाटो बनाउकालागि जोड दिदै ट्राफिक व्यवस्थापनको चुनौतीलाई ध्यान दिन आग्रह गर्नु भयो । हाल संचालनमा रहेको भन्सार कार्यालयलाई सबैको हित हुने गरि अन्य प्रयोजनमा प्रयोग गर्ने व्यवस्थाकालागि आग्रह गर्नु भयो । सोही कार्यक्रममा संगठनका नव निर्वाचित अध्यक्ष भीम घिमिरेले भन्सारका दरहरुबारे विस्तृत अध्ययन गरि कर लगाउनु पर्ने र निर्यातलाई प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
भन्सार विभागका महानिर्देशक श्री तोयम रायाले उद्योगी÷व्यवसायीले उठान गरेका उचित समस्यालाई समाधानमा आफु हमेशा अग्रसर रहने बचनबद्धता जाहेर गर्दै आफुबाट हुन सक्ने समाधानको प्रयासको थालनी आजैबाट गरिने आश्वासन दिनु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्याय, निवर्तमान अध्यक्ष शिव शंकर अग्रवाल नव निर्वाचित अध्यक्ष भीम घिमिरे, नव निर्वाचत उपाध्यक्ष राकेश सुराना, कायकारिणी समिति सदस्य संजय कुमार अग्रवाल सुबोध कोईराला, तारानाथ निरौला, सुनील कुमार धनावत, विपिन काबरा तथा मोरंग व्यापार संघका का.बा.अध्यक्ष प्रकाश मुन्धडा, महासचिव नबिन रिजाल, अनिल साह, सुनील टिवडेवालको उपस्थिति थियो भने उद्योगीहरु किसन तोदी, जयन्द्र कुमार शर्मा, नन्द किशोर राठी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विराटनगर भन्सार कायालयका प्रमुख मिमांशु अधिकारीको उपस्थिति समेत रहेको थियो ।
Post a Comment