Websoft University

नदी जन्य पदार्थको अभाबमा नगरको बिकास निमार्ण नै रोकियो


श्याम राई÷उदयपुर-गाईघाट,असार १९ गते । रातो तारा डट कम,नदी जन्य पदार्थको अभाबमा नगर क्षेत्रमा निर्माण हुँदै गरेको सडक विस्तार तथा नाला निर्माणको काम रोकिएको
छ ।

असारदेखि भदौ सम्म तिन महिनाको लागि नदीबाट गिटी, ढुंगा र बालुवा निकाल्न रोक लागेसँगै ति सामाग्रीको अभाबमा निर्माणको काम प्रभावित बन्न पुगेको छ ।

विशेष संरक्षित क्षेत्रमा सरकारले तिन महिनाको लागि खोला नदी नालाबाट नदी जन्य पदार्थको उत्खनन् तथा विक्री वितरणमा रोक लागउँदै आएको छ ।

त्यसरी लगाईएको रोकको कारण ति पदार्थको कारोबार पूर्ण रुपमा बन्द हुदा विकास निर्माणमा असर पर्न गएको छ ।

गाईघाट–दिक्तेल सडक योजनाले नगरको त्रियुगा खोलादेखि बजारको मुख्य चौकसम्म सडकको दुबै तर्फ पक्कि नाला तथा सडक विस्तारसँगै कालो पत्रे गर्ने कामको ठेक्का मार्फत हुँदै आएको काम पूर्ण रुपमा रोकिएको छ ।

नाला बनाउने काम अन्तिम चरणमा भएपनि एक सातादेखि नदी जन्य पदार्थको अभाबमा काम रोकेर ठेकेदार हिडेको साईड गाईघाट–दिक्तेल सडक योजनाको प्रमुख हरी प्रसाद पोखरेलले बताए ।

ढुंगा गिटी र बालुवा नहुँदा सबै काम अलपत्र परेको छ ।’ पोखरेलले भने । काम गर्ने बेलामा ति सामाग्री बन्द हुदा विकास निर्माणको काममा बाधा पर्न गएको छ ।’ उनले भने ।

ठूला आयोजना र राष्ट्रिय गौरबको आयोजनालाई भने जुनसुकै बेला पनि नदि जन्य पदार्थ विना अवरोध उपलब्ध गराउनु पर्ने उनले बताए ।‘ तिन महिना बन्द हुदा विकास निर्माणको कामलाई ठूलो असर पर्न जान्छ ।’ पोखरेलले भने । सरकारले विगतमा गरेको त्यस्तो निर्णय खारेज गरेर विकास निर्माणको कामलाई सुचारु गर्नु पर्ने उनको भनाई छ ।

झण्डै ११ करोडको लागतमा ३ सय मिटर सडक पिच, बाटो विस्तार र पक्कि नाला निर्माणको लागि चैत्र देखि शुरु भएको हो ।

ठेकेदारले पक्कि नाला निर्माणको क्रममा दुबै साईडमा खनेको खाल्डोको कारण बजार क्षेत्रमा वर्षाको पानी निकास नहुँदा बिच सडकमै खोला बग्ने गरेको छ । पैदल यात्रीलाई आवतजावत तथा सवारी साधन चल्नलाई समेत समस्या भएको ट्राफिक पोष्ट उदयपुरका प्रमुख सई लोकराज दियालीले बताए ।

ढुंगा, गिटी र बालुवा उपलब्ध नहुँदा यतिखेर जिल्ला भित्र संचालित विकास निर्माणका कामहरु प्रभावित बनेको त्रियुगा नगरपालिकाका ईन्जिनियर निर्मल चौधरीले बताए ।‘ हाम्रा धेरै योजनाहरु रोकिएको छ ।

निर्धारीत समयमा सक्नु पर्ने त्यसता योजना रोकिदा उपभोक्ता समिति र ठेकेदारलाई निर्माणले समस्या परेको छ ।’ उनले भने, गिटी बालुवा र ढुंगा नदी जन्य पदार्थको सरकारले रोक लगाएपछि विकास निर्माणको कामसँगै व्यक्ति विशेषलाई समेत निर्माणको काममा समस्या पर्न गएको छ ।’

सरकारले अव्यवहारीक र विकास निर्माणलाई प्रभावित हुनेगरि लगाएको यस्ता निर्णय तत्काल हटाउनु पर्ने उनको भनाई छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.